काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा चैत २७ गते होटल पिस प्यालेस बाग्लुङमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ ।
सभामा मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ ।
सभामा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्नेछ ।
सभामा सभा सम्पन्न पछि कम्पनीले ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद सेयर निषकासन गर्नछ ।
सभामा गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्नेछ ।
सभामा २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार चैत १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्