काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमा सिमेन्ट उद्योगहरुको सिन्डिकेट रोक्न आग्रह गरेका छन् । मंगलबार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो आग्र गरेका हुन् ।
उनले विकास निर्माणको समयावधि सकिन लागेको भएपनि सिमेन्टको मूल्यमा वृद्धि हुँदा आफूहरु अल्मलिराखेको बताए । डण्डि र सिमेन्ट व्यवसायीहरुले सल्लाह गरेरै सिण्डिकेट गरेको उनको आरोप छ । अध्यक्ष सिंहले २ हप्ता अगाडि ७६ रुपैयाँमा पाइने डण्डिको मूल्य बढाएर ९० रुपैयाँ पुर्याइएको उल्लेख गरे ।
उनले सिमेन्ट र डण्डि व्यवसायीहरुले मूल्य बढाएको कारण विकास निर्माणको काम रोकिन लागेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । उनले यसरि मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने, ‘हामो निर्माण अवधीको समय अवधि सकिन लागेको छ । अहिलेपनि हामी अल्मलिराखेका छौं । अब त सिमेन्टमा मात्र सिमित रहेन । ग्रेविङ वायरको मूल्य १२ रुपैयाँ बढाइएको छ । सल्लाह गरेर सिन्डिकेट गरेको छ । सिमेन्टसँगसँगै डण्डिको मूल्य समेत बढाएको छ । डण्डिको मूल्य २ हप्ता अगाडि ७६ रुपैयाँ थियो । आजको मूल्य ९० रुपैयाँ छ । र सम्भावित वृद्धि भएर १०५ रुपैयाँ पुग्ने लक्ष्य राखेको छ । त्यो चाहीँ खुला बजार नीति हो ? उहाँहरुले बसेर छलफल गरेर निश्चित मूल्य राखेर त्योभन्दा बाहेक भयो भने खारेज हुने भनेर बढाउनु भएको छ । यसरि मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो रु यो कुराको हेक्का चाँही राख्नुभयो ।’
लोडसेडिङको कारणले सिमेन्ट र डण्डिको मूल्य बढाउन बाध्य भएको भन्दै व्यवसायीहरुले विद्युत आपूर्ति बढाउनुपर्ने माग राखेका छन् । सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले ५ मेगावाट भएपनि २४सै घण्टा विद्युत आपूर्ति दिनुपर्ने बताए ।
उनले वन मन्त्रालय तथा उद्योग मन्त्रालयलेल कम्पनीका फाइलहरुमा चासो नदिएको कारण स्टिल व्यवसायीहरु समस्यामा रहेको बताउँदै लोडसेलिडङ लगायतका समस्याका कारण १० प्रतिशत घाटामा डण्डि बेच्नुपरेको कारण मूल्य बढाएको स्पष्टिकरण दिएका छन् । सरकारले समस्याहरु सम्बोधन गरेको अवस्थामा मूल्य घटाउन तयार रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्