Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब ३४ करोड

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८६ रुपैयाँ पुगेको छ ।

मंगलबार एक कम्पनीको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्