Shikhar Insurance
National Life

२५ करोड बोकेको ट्रक चालकको खुल्यो पहिचान, कहाँ लैजादैँ थिए पैसा ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ५, मंगलवार १४:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले २५ करोडभन्दा बढी रकमसहित ४३ वर्षिय कुसाङ लामा (फुच्चे) लाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित पक्राउ गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन थरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए । गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ ।

बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरु ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरु १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको बताए ।

उक्त ट्रकको ‘वोनट’ ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको छ ।

साथै, निजले अवैध तरिकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोबार गरेको हुदाँ निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामा जि. सिन्धुपाल्चोक, भोटेकोशी गा. पा. वडा नं ०१ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ०२ मा बस्दै आएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्