काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनील संस्थापक सेयरधनीहरुको नाममा रहेको ८० हजार कित्ता संस्थापक सेयर लिलाम मार्फत् बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। उक्त सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरु वा अन्य जोकोहि व्यक्तिहरुले चैत ५ गतेदेखि चैत १२ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्