Shikhar Insurance
National Life

‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा र्‍याली आयोजना

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तिय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ ।

बैंकले ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।’ भन्ने मूल नाराका साथ उक्त र्‍याली आयोजना गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । उनले बालबालिका, बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्