काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को बिन्दुमा पुगेर बन्द भएको हो ।
सोमबार ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८४ रुपैयाँ पुगेको छ ।
सोमबार एक कम्पनीको सेयर मूल्यमा ९.८६ प्रतिशतले बढेको छ भने महालक्ष्मी विकास बैंकको सेयर मूल्य ५.६५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्