Shikhar Insurance
National Life

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् ।

गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ । यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ । स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भने, “होइन, मेरो त्यस्तो कुनै मनसाय छैन।” यसको साटो उनले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई दोब्बर बनाउने बताए ।

यसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्न सक्ने सम्भावनालाई अझ बढाएको छ । उनले थपे, “अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो । हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठूलो रकम आउँदैछ ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्