Shikhar Insurance
National Life

युनियनको सेयर रजिस्ट्रार पनि बन्यो प्रभु क्यापिटल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार २०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिस्ट्रार सम्बन्धी काम गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।

२०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ वर्षको लागि प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने तथा सेयरधनीको लगत अद्यावधिक गर्ने लगायत काम सेयर रजिस्ट्रार प्रभु क्यापिटलले गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युनियनको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक पनि प्रभु क्यापिटल नै हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्