Shikhar Insurance
National Life

फूल बिक्री गरेरै मासिक २ लाख आम्दानी गर्दै तनहुँकी गुरुङ

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १०:३३
Hyundai
NCELL
NIMB

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले वि.सं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरेको बताएकी छिन ।

फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आएको छिन । हाल उनले मासिक २ लाख आम्दानी लिने गरेको गुरुङले बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाखसम्मको कारोबार हुने बताइन् । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले जानकारी दिइन् ।

‘पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिइन् । ‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’, उनले भनिन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्