Shikhar Insurance
National Life

विश्वको सबैभन्दा उच्च स्थानमा फेसन शो हुने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार १९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्वको सबैभन्दा उच्च स्थानमा फसन शो हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘माउण्ट एभरेस्ट फेसन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको हो ।

नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो आगामी असोज ६ गतेमा सगमाथा कालापत्थर क्षेत्रमा आयोजना हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

के फिल्मस् र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेसन रनवे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वर्ल्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले विश्वसमुदायले नेपाललाई मौषमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरनतरता दिने जानकारी दिए । कार्यक्रममा ग्लोबल आइएमइ बैंकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए । कम्पनीका सीओओ तथा फेसन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताइन् । यस्तै कम्पनीका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफुहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्ण रुपमा नचलेको सन्दर्भमा लकडाउन र स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने गरी योजना आयोजकको छ । कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने धारणा राखे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्