काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।
आइतबार सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ८.१९ प्रतिशतले बढेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको सयेर मूल्य ७.९१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्