Shikhar Insurance
National Life

गभर्नर नियुक्तिलाई लिएर सरकार ढाल्दै काँग्रेस,आर्जू राणाको भारत भ्रमणले एमाले सशंकित

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १४:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार बिहान नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा परराष्ट्र मन्त्री आर्जू देउवा राणा ६ दिनदेखि भारतमा बसिरहेकोमा ब्यंगात्मक टिप्पणी गरेका गरे ।

समाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्री डा. आरजु देउवा ६ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लो पटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेट्न नौ दिन खर्चिनुभएको थियो । देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो । यस्ता परराष्ट्मन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत (इक्वायल फुटिङ) मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमालेको उच्च स्तरिय राजनितिको ज्ञान राख्ने रिजालले आफ्नै पार्टी सम्मिलित सरकारको मन्त्रीको धज्जी उडाउने गरी फेसबुकमा लेखेका छन् । यसले प्रष्ट रुपमा सत्ता गठबन्धनमा दरार सृजना भएको संकेत गरेको छ । एमाले नेता रिजाल प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निकट मानिन्छन् । प्रधामनमन्त्री केपी शर्मा ओलीको सरकार आएपछि भारतले नरुचाहेको प्रष्ट संकेत दिइसकेको छ । प्रधानमन्त्री बनेको ८ महिनासम्म भारतले भ्रमणको निम्तो नदिनुले यसलाई पुष्टी मात्रै होइन सरकार परिवर्तन गर्न भारतले अप्रत्यक्ष रुपमा भुमिका खेलिरहेको छ । यो समयमा भारत गएर लामो समय परराष्ट्र मन्त्री राणा भारत गएर बसेपछि एमालेकै नेताहरुमा असन्तुष्टि बढेको हो ।

यसो त सत्ता समिकरण मिलाउन परराष्ट्र मन्त्री देउवा पटक-पटक भारत भ्रमण गैरहेका छन् । यद्यपी आर्जु देउवाले भारतका उच्चस्तरिय नेतृत्वले भेट दिएको छैन।

गभर्नर नियुक्तिको मुखमा काँग्रेसको राजनिति

राजनितिक नियुक्तहरुमा ठूलो हिस्सा खोजिरहेको नेपाली काँग्रेसले गभर्नर नियुक्तिको विषयलाई लिएर राजनिति सुरु गरेको छ । एमालेकै अर्थमन्त्री र एमालेकै प्रधानमन्त्री भएपनि धितोपत्र बोर्ड र बीमा प्राधिकरण काँग्रेसले लिइसकेको छ । यस्तै, नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सिइओ) काँग्रेसले लिने तय भैसकेको छ । तीन महत्वपुर्ण निकायमा नियुक्तिमा भाग लिएको काँग्रेसले गभर्नर नियुक्तिमा पनि भाग खोजेको छ । फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर छनोट कमिटी निर्माण गर्न प्रयास गरेका थिए ।

तर नेपाली काँग्रेका मन्त्रीहरुले गभर्नर नियुक्तिमा पार्टी सभापति शेर बहादुर देउवाको समेत कन्सर्न भएको भन्दै समिति निर्माण रोकेका थिए । काँग्रेसले गभर्नर छनोट समितिमा २ जना नै काँग्रेसको पक्षमाबाट हुनुपर्नेमा जोड दिइहरेका छन् । यद्यपी एमालेले भने आफ्नो भागमा परेको गभर्नरमा सबै एमालेकै सदस्य हुनुपर्ने तर्क गरिहरेको छ । गभर्नर कै विषयलाई लिएर काँग्रेसले सरकार नै परिवर्तन गर्न पछि नपर्ने स्रोतले बतायो । स्रोतले सिंहदरबारसँग भन्यो, “धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति नदिदाँ माओवादीले सरकार गुमाउनु पर्यो, गभर्नरको विषयलाई लिएर काँग्रेसले माओवादीलाई लिएर एमालेलाई सत्ताबाट निकाल्ने तयारी गरिरहेको छ ।”

स्रोतका अनुसार धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति हुदाँ अर्बौ रुपैयाँको चलखेल भएको छ । यस्तै, गभर्नर नियुक्तिमा पनि बिचौलियाहरुले सरकारलाई हल्लाउने गरी आफ्नो प्रभाव देखाइरहेका छन् । सरकारको विषयलाई लिएर एमाले पार्टी कार्यालय च्यासलमा छलफल हुन थालेको छ । पार्टी कार्यालयमा सरकार छिट्टै ढल्न सक्ने भन्दै नेताहरुबिच छलफल हुन थालेको छ ।

राजतन्त्र र हिन्दु धर्म

२०७२ सालमा नेपालमा संविधान जारी गर्दा भारतले स्पष्ट रुपमा हिन्दु राष्ट्र राख्न दबाब दिएको थियो । सो विषयलाई नेपालले नमान्दा भारतले अघोषित नाकाबन्दी गरेको थियो । सोहि समयमा भारत विरोधी नारा लगाएर प्रधानमन्त्री ओलीले राष्ट्रवादी नेताका छवि बनाएका थिए । नेपालमा भारत विरोधि भावना फैलाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै हालको भारतिय सरकार ओलीको सरकारलाई रुचाइरहेको छैन ।

भारतले प्रधानमन्त्री ओलीलाई नरुचाउँदा अहिले व्यवस्थामाथी नै संकट आउनेगरी राजतन्त्र आउने विषयले प्रसय पाइरहेको छ । भारतले केपी ओली बिनाको सरकार गठन गर्नका लागि पटक-पटक नेपाली काँग्रेसलाई दबाब दिइरहेको छ । यसका लागि बाँकी गणपुरक संख्याको पनि व्यवस्थापन भैसकेको छ । तर काँग्रेस सभापति शेर बहादुर देउवाले सहमति नदिदा सरकार ढल्न सकेको छैन ।

स्रोतका अनुसार केपी ओलीको सरकार नढल्दा केहि एजेन्सीहरुले नेपाली राजनितिको व्यवस्था नै पल्टाइदिने गरी योजनाबद्ध ढंगले अघि बढेका छन् । उच्च स्रोतले सिंहदरबारलाई भन्यो, “नेपालमा मोदी सरकारको सबैभन्दा ठूलो चासो भनेको हिन्दु अधिराज्य हो, अमेरिकन एजेन्सीले वेवास्था गर्दा र युरोपियन युनियन आफैं संकटमा पर्दा भारतको चाहाना बमोजिम हिन्दु अधिराज्यका लागि संविधान संशोधान हुन सक्छ ।” सुरुमा व्यवस्था नै परिवर्तनको तयारी गर्ने र अन्तिममा हिन्दु अधिराज्यको लागि माहोल बनाउने केहि एजेन्सीहरुको तयारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्