काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले नीतिगत र कानूनी सुधार गर्न खोजेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् ।
उनले सरकारले अध्यादेशका प्रतिस्थापन विधेयकमार्फत कार्यान्वयनगत सुधार ल्याउन खोजेको बताउँदै विधेयकहरुमा अझैपनि सुधार गर्न जरुरी रहेको भएपनि प्रतिपक्षी दलले नबुझि विरोध गर्न खोजेको आरोप लगाए ।
उनले विधेयकको प्रक्रियामा विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘अध्यादेशका प्रतिस्थापन विधेयकमा सरकारले केही कुरा गर्न खोजेको छ । केही नीतिगत सुधार, कानूनी सुधार र कार्यान्वयनगत सुधार ल्याउन खोजेको छ । तर यो पनि पर्याप्त छैन । यतिले मात्र हाम्रो मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने अवस्था छैन । त्यसैले अझै थप सुधारका आवश्यकताहरु छन् । तर प्रतिपक्षी दलहरुले अलि धेरै नै विरोध भएको जस्तो देखे प्रक्रियामै विरोध हो कि कन्टेन्टको विषयवस्तुमै विरोध हो ? त्यो मैले बुझेको छैन । यसमा थप विरोध गर्नुभन्दा यसमा थप कुराहरु त्यसमा थप्न जरुरी छ ।’
उनले विरोधको लागि विरोध गर्नुभन्दा विधेयकमा आवश्यक सुधारका कुराहरु थप्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्