Shikhar Insurance
National Life

बालीको बीमा गराउन सांसदको माग

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १३:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसद हितराज पाण्डेले गत फागुन २८ गते र २९ गते गण्डकी एवं बागमती प्रदेशका विभिन्न जिल्लामा आएको असिनाबाट किसानलाई ठूलो क्षति भएको बताउँदै क्षतिको तथ्याङ्क सङ्कलन गरी संसद्मा जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले किसानको बालीको बिमा गराउन माग समेत गरे । सांसद रामहरि खतिवडाले सभामुखको दाहिनेतिर राखिएको क्यामेरा बिग्रिएकाले मर्मत गर्न माग गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद मनीष झाले विसं २०८० भदौ ५ गतदेखि झापाको सुरुङगास्थित नेपाल टेलिकमको कार्यालयका लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए ।

उक्त घटनाको शीघ्र अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत उनले माग गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्