Shikhar Insurance
National Life

महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्त्वपूर्ण आधारका रुपमा विकास गर्नुपर्छ: अध्यक्ष अग्रवाल

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्त्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरुको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै महिलाहरुको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गइरहेको अध्यक्ष अग्रवालको भनाइ छ । देशले अवलम्वन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्त्वपूर्ण आधार महिला पनि हुन् भन्नेकुरा अघि बढाउन आवश्यक रहेको बताए ।

नीति निर्माणमा महिलाहरुको सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरुको भुमिका महत्त्वपूर्ण छ । महिलाहरुको भुमिका थप बढाउनुपर्ने आवश्यकता पनि छ । नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको छ । नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याइरहेका छन् । महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्त्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता हो । देशले अवलम्वन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्त्वपूर्ण आधार महिला पनि हुन् भन्नेकुरा अघि बढाउन आवश्यक छ । नीति निर्माणमा महिलाहरुको सहभागिता बढाउन आवश्यक छ ।’

अध्यक्ष अग्रवालले राज्यले महिलाहरुलाई थप प्रोत्साहन गर्नुपर्ने बताउँदै सार्वजनिक निकायमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्