काठमाडौं । एकिकृत समाजवादी पार्टीले भ्रष्टाचार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेता तथा कर्मचारीहरु भ्रष्टाचारमा लिप्त हुँदा देशको व्यवस्था नै संकटमा पर्न लागेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
नेकपा एसका महासचिव घनश्याम भुषालले एक विज्ञप्ति जारी गर्दै बैशाख १२ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेकपा एसको कार्यसूचि अनुसार चैत्र २ गतेदेखि ६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङगठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन गर्ने योजना बनाएको छ । यस्तै, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङकलन गर्ने तय गरेको छ ।
यस्तै, बैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने, बैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन गर्ने योजना छ । यसैगरी, बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने र बैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका छ । वर्तमान सरकारकै कारण व्यवस्था नै संकटमा पर्न लागेकोले आन्दोलनको आवश्यता रहेको नेकपा एसको निष्कर्ष छ ।
यस्तो छ नेकपा एसको धारणा
प्रतिक्रिया दिनुहोस्