Shikhar Insurance
National Life

एशियन बैंकर र काठमाडौं फिन्टेकबीच फिन्टेक उद्योगलाई विश्वस्तरीय नेटवर्कमा जोड्ने सम्झौता

सिंहदरबार संवाददाता
२०८१ चैत्र १, शुक्रबार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल र भूटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले The Asian Banker र काठमाडौं फिन्टेक बीच एक विशेष समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौतासँगै, TAB Global ले काठमाडौं फिन्टेकलाई नेपाल र भूटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ, जसले नेपाली तथा भूटानी बैंकिङ तथा फिन्टेक प्रोफेसनललाई The Asian Banker, The Banking Academy, TAB Insights, Wealth and Society जस्ता ग्लोबल प्लेटफर्ममा पहुँच दिलाउनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता हस्ताक्षर गर्दै, TAB Global का अध्यक्ष इम्यानुएल ड्यानियलले भने, ‘हामी काठमाडौं फिन्टेकसँगको यो साझेदारीप्रति निकै उत्साहित छौं। नेपालको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा छ, र यस प्रक्रियालाई ग्लोबल नलेज एक्सचेन्ज तथा नेटवर्किङले अझ मजबुत बनाउनेछ। हामी नेपाली तथा भूटानी वित्तीय संस्थाहरूलाई विश्वस्तरीय अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं।’

यस अवसरमा, काठमाडौं फिन्टेकका संस्थापक सञ्जिव सुव्बाले भने, ‘नेपाल र भूटानका बैंक तथा फिन्टेक उद्योगको क्षमता अझ विस्तार गर्न TAB Globa जस्तो प्रतिष्ठित संस्थासँगको यो सहकार्य कोसेढुंगा सावित हुनेछ। ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा, तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भूटानी बैंकिङ प्रोफेसनल लाई जोड्ने अवसर पाउँदा हामी अत्यन्त उत्साहित छौं।’

सम्झौताको प्रमुख विशेषताहरू

नेपाल र भूटानमा TAB Global का सम्मेलन तथा तालिम कार्यक्रमहरूको प्रवर्द्धन गर्ने विशेष अधिकार

नेपाली तथा भूटानी बैंक तथा फिन्टेक संस्थाहरूलाई TAB Global का प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने जिम्मेवारी

नेपाल र भूटानमा TAB Global का अनुसन्धान, अन्तर्क्रिया तथा ब्रिफिङ कार्यक्रमहरू आयोजना गर्ने प्रमुख संयोजकको रूपमा काठमाडौं फिन्टेकको भूमिका

सम्झौताअनुसार, काठमाडौं फिन्टेक TAB Global को नेपाल र भूटानका लागि एकमात्र अधिकृत एजेन्ट हुनेछ, जसले यहाँका वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न, विश्वस्तरीय तालिम तथा सम्मेलनहरूमा सहभागी गराउन, तथा बैंकिङ नवप्रवर्तनलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्