Shikhar Insurance
National Life

महायज्ञबाट २ करोड ७६ लाख सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ चैत्र १, शुक्रबार १४:४४
Hyundai
NCELL
NIMB

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुुई करोड ७६ लाख सङ्कलन भएको छ । हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो । रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न  ११ करोड आवश्यक पर्ने संयोजक थापाले बताए । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख सहयोग गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्