काठमाडौं । चालु आवको माघ मसान्तसम्ममा २० वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा २ खर्ब बढी लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्माण क्षेत्रमा बैंकहरुले २ खर्ब १ अर्ब २८ करोड ८२ लाख रुपैयाँ लगानी गरेका हुन् ।
निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । बैंकले सात महिनामा निर्माण क्षेत्रमा मात्रै २४ अर्ब ६२ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने बैंकहरुमा दोस्रो नम्बरमा एनआइसी एशिया बैंक रहेको छ, जस्ले निर्माण क्षेत्रमा २३ अर्ब ११ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, चालु आवको माघ महिनासम्म निर्माण क्षेत्रमा लक्ष्मी सनराइज बैंकले १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकले १६ अर्ब २३ करोड ४९ लाख रुपैयाँ, सिटिजन्स बैंकले १३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ, प्रभु बैंकले १४ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ, कृषि विकास बैंकले १२ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यसैगरी, निर्माण क्षेत्रमा नेपाल बैंकको ४ अर्ब २१ करोड ७३ लाख, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ५४ करोड २० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ अर्ब ३० करोड ३० लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ७ अर्ब ५२ करोड ८४ लाख, हिमालयन बैंकको २ अर्ब २३ करोड ५९ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब ७४ करोड ७१ लाख र एभरेष्ट बैंकको ३ अर्ब ३५ करोड १५ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेका छन् ।
त्यस्तै, समिक्षा अवधिमा माछापुच्छ्रे बैंकले ७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५ अर्ब १९ करोड ५४ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ९ अर्ब ४ करोड ५१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १२ अर्ब ७० करोड रुपैयाँ, एनएमबी बैंकले ५ अर्ब ७८ करोड २३ लाख रुपैयाँ र सानिमा बैंकले ६ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ निर्माण क्षेत्रमा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्