Shikhar Insurance
National Life

ट्रम्पको व्यापार युद्धले तेलको बजार प्रभावित हुने, डिजल पेट्रोलको मूल्य घट्ने अनुमान

सिंहदरबार संवाददाता
२०८१ चैत्र १, शुक्रबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि तेलको मागमा कमि आउने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले ट्रम्पमशव उदयसँगै तेल बजार प्रभावित हुने अनुमान गरेको हो ।

आइइएको तथ्याङ्क अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थ व्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ । “नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आइइएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्याङ्कनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ । कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्य शुक्रबार प्रति ब्यारेल ७०.३२ डलरमा कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्