Shikhar Insurance
National Life

नेप्सेमा दोहोरो अंकको सुधार, हिजो सुरू नयाँ उत्साह कायमै

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरू भएसँगै सेयर बजारमा सुरू भएको उत्साह दोस्रो दिन पनि कायम देखिएको छ । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकको वृद्धि आएको हो ।

नेप्से १३.८० अंकले बढेर २९९४.४२ अंकमा पुगेको छ । आज करिब १२ अर्बको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन बजारमा करिब १२ अर्बकै सेयर कारोबार हुँदा नेप्से परिसूचक ९७ अंकले बढेको थियो ।

कारोबार सुरू भएलगत्तै बढेर ३०३२ को रेकर्ड बिन्दुमा नेप्से फर्किएको हो । लगातार उतारचढावका माझ नेप्से सुधारोन्मुख देखिएको हो ।

बजारमा कारोबारमा आएका ९४ कम्पनीको सेयर मुल्य बढेका छन् भने ८४ वटाको घटेको छ ।

सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरको भएको छ ।

सोमबार ३ करोड ७५ लाख कित्ता सेयर ११ अर्ब ८१ करोड रूपैयाँमा किनबेच भएका छन् ।

नयाँ आर्थिक वर्ष सुरू भएदेखि सेयर कारोबारमा पुँजीगत लाभकर बढेको छ । तैपनि सेयर बजारमा उत्साह बढेको छ । नयाँ आर्थिक वर्ष सुरू भएदेखि सूचीकृत वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्न थाल्छन् ।

यसो त, अहिले नेपाली काँग्रेसको सरकार छ । नेपाली काँग्रेसको राजनीतिक अवधारणालाई जानकारले सेयर बजारमा मैत्री मान्दछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्