Shikhar Insurance
National Life

अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्कमा, युरोपमाथी सुरक्षा चुनौति थपियो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २८, बुधबार १४:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्क कायम राख्न सहमत भएको बुधबारका समाचार रिपोर्टहरूले जनाएका छन् ।

धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्‍याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गरेको सरकारी तास एजेन्सीले जनाएको छ । उनिहरू आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्‍याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछि पहिलो यस्तो सम्पर्क थियो । युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।

सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्