Shikhar Insurance
National Life

जलेश्वर भन्सारले आठ महिनामा उठायाे २ अर्ब राजस्व

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार १७:५४
Hyundai
NCELL
NIMB

जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा २ अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए । चालु आर्थिक वर्षमा वार्षिक ४ अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताए ।

जलेश्वर भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्