काठमाडौं । विद्युतिय सवारी बिक्रेता साइमेक्स इंक प्रालीले एउटै गाडी बिक्रीमा १५ लाख रुपैयाँ नाफा गर्ने गरेको छ । पछिल्लो समय नेपालमा विद्युतिय गाडीमा आकर्षण बढ्दै जादा लगानीकर्ताहरु भने मालामाल भएका हुन् ।
बीवाईडीको डल्फिन मोडेलमा बिक्रेताले अधिक मुनाफा राख्ने गरेको भेटिएको हो । अर्थ मन्त्रालयको तथ्यांक अनुसार बीवाईडी डल्फिन मोडेलको एलसी (प्रतित पत्र) साइमेक्स इंकले एक बैंकबाट १ लाख ९ हजार ७ सय युआनमा खोलेको छ । यो गाडी चीनको बीवाईडी अटो इन्डष्ट्री को लिमिटेड (BYD Auto. Industry co ltd) बाट खरिद गरेको हो । गाडीको पार्टपुर्जा भने बीवाईडी हंङकङ को लिमिटेड (BYD.HK.co ltd)बाट ल्याउने गरेको छ । मंगलबार (फागुन २७ गते) को विनिमय दर अनुसार १ चिनियाँ युआन बराबर १९.२९ रुपैयाँ छ ।
यस हिसाबले १ लाख ९ हजार ७ सय युआनको २१ लाख १६ हजार १ सय १३ रुपैयाँ हुन आउँछ । यो मूल्यमा भन्सार महसुल १५ प्रतिशत र अन्तशुल्क २० प्रतिशत गरी ४ लाख २७ हजार ७ सय ६९ रुपैयाँ कर बुझाएको छ ।
गाडीको चार्जरलाई २३ सय युआन (४४ हजार ३ सय ६७ रुपैयाँ) भन्सार घोषणा गरेको छ । यस्तै, गाडीको चिप्सको ७ सय युआन (१३ हजार ५०३ रुपैयाँ) भन्सार घोषणा गरेको छ । यसरी आयातकर्ताले चीनमा तिरेको मूल्य र भन्सारमा तिरेको मूल्य गरी कुल २६ लाख १ हजार ७५२ रुपैयाँ परेको छ ।
गाडी बिक्रेताले यो डल्फिन मोडेलको गाडीको ४१ लाख १५ हजार रुपैयाँ तोकेको छ । यसरी हेर्दा आयातकर्ताले भन्सार बाहेक नै बाटो खर्च, मूल्य अभिवृद्धि कर र मुनाफा गरी १५ लाख १३ हजार २ सय ४८ रुपैयाँ राखेको छ । यसमा भ्याट १३ प्रतिशत राख्दा ३ लाख ३८ हजार २ सय २७ रुपैयाँ पर्न आउँछ । यदी एउटा गाडी चीनबाट नेपाल ल्याइपुग्न अनुमानित १ लाख ५० हजार लाग्छ भने गाडीको कुल खर्च ३० लाख ८९ हजार ९७९ पर्न आउँछ । यसरी हेर्दा आयातकर्ताले एउटै गाडीमा १० लाख २५ हजार खुद नाफा राखेको देखिएको छ ।
सरकारले कालोबजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ लाई परिमार्जन गरिसकेको छ । यो ऐनमा कुल मुनाफा व्यापारीले लगानीको २० प्रतिशत भन्दा बढी राख्न नपाउने व्यवस्था थियो । तर अहिले यो व्यवस्था परिमार्जन भएपछि व्यापारीहरुलाई जतिपनि मुनाफा लिने बाटो खुला भएको छ ।
साइमेक्स इंकमा युवा व्यवसायी यामुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत शेयर रहेको छ । कम्पनीले चालु वर्षको सन् २०२१ मा ६ करोड ९ लाखको व्यापार गरेको थियो । यस्तै, २०२२ मा ४४ करोड १० लाख, सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाखको व्यापार गरेको थियो । यसैगरी, सन् २०२४ को ११ महिनामै कम्पनीले ९ अर्ब ९३ करोड ५० लाखको व्यापार गरेको थियो । लगानीकर्ताहरुले गाडी बिक्रीबाट कमाएको नाफा होटल तथा घर जग्गामा लगानी गरिरहेका छन् ।
नेपालमा बिक्री हुने बीवाईडी गाडीमा किलोवाट छलि भएको आरोप लागेको छ । बीवाईडीको अटो-३ आयातमा अर्बौ राजस्व छलि भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
कालोबजार ऐन २०३२ आकर्षित हुनेगरी स्टक गाडीमै बीवाईडीले बढायो मूल्य
बीवाईडीले १००० गाडीमा ५४ करोड कर छलेको निष्कर्ष, जरिवानासहित एक अर्ब ६२ करोड बिगो
प्रतिक्रिया दिनुहोस्