Shikhar Insurance
National Life

देउवाले पाए विश्वासको मत, संसद विघटन हुनबाट जोगियो, १७ महिना ढुक्क

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार २२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार भएको मतदानमा देउवाले १६५ मत पाएका हुन् ।

उनलाई विश्वासको मत नदिने सांसदको संख्या ८३ रहेको छ । १ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएको ६ दिनमै विश्वासको मत लिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यससँगै संसद विघटन हुनबाट रोकिएको छ भने बाँकी १७ महिना देउवा प्रधानमन्त्रीमा रहनेछन् ।

संविधानमा प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था छ । २०७४ मा मंसिर प्रतिनिधि सभाको निर्वाचन भएको थियो । नेपालको संविधानअनुसार हरेक ५ वर्षमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने हुन्छ । अर्थात् बाँकी १७ महिना देउवा सरकार रहने पक्का भएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्