काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले साधारणा सभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालदक समितिको निर्णय अनुसार सभा चैत २१ गते ७ औं वार्षिक साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्नेछ ।
सभामा गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी गर्नेछ ।
सभामा गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गर्नेछ ।
सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्नेछ ।
साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्