काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तिय संस्थाको ऋण नतिर्ने समुहलाई आत्माबल पुग्नेगरी अभिव्यक्ति दिइरहेका छन् । सोमबार (फागुन २६ गते) पनि प्रधानमन्त्री ओलीले बैंकहरुले ऋणीहरुको घाटी थिचेको विवादित अभिव्यक्ति दिएका हुन् ।
श्रम तथा रोजगार सम्मेलनामा आफ्ना विचार राख्ने क्रममा प्रधामन्त्री ओलीले बैंकहरुले ऋणीहरुमाथी न्याय गर्न नसकेको आरोप लगाएका छन् । कार्यक्रममा उनले भनेका छन्, “४ ओटा गाई किदा १० लाख चाहिन्छ । बैंकबाट १० लाख लिन्छ । अनि गाई लगेर कता बाध्ने ? के खुवाउने ? अनि भोलिपल्टैबाट उ समस्यामा पर्न थाल्छ । १० लाख खर्च चाहिन्छ भने १५ लाख ऋण लिनुपर्छ । पहिले गाई बान्ने र दाना खुवाउने प्रबन्ध गर्नुपर्छ । एउटा गाईले नेपालमा एभ्रेजमा ३० लिटर दुध दिन सक्छ अब बजारको कुरा आउँछ । बजार खोज्दै गयो डेरीले दुध उधारोमा लिन्छ । डेरीले पैसा दिदैंन । यसरी ऋण लिएको व्यक्तिले ऋण तिर्न सक्दैन, अनि बैंकले ऋण असुली गर्न हतार गर्छ । ऋण थपेर उसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो खुल्छ । उद्योगहरुमा पनि त्यहि हो । उद्योग व्यवसाय अलिकति अप्ठ्यारोमा पर्यो भने हतार-हतार कसरी असुल गर्ने भन्नेतिर जान्छ । उद्योग अलिकति समस्यामा पर्ने बित्तिकै बैंक घाटी न्याँक्न पुगिहाल्छ । भन्दाखेरी खराब ऋणी भन्ने तर त्यहाँ बैंक नै साहु बनेर खडा हुन्छ ।”
प्रधानमन्त्री ओलीले थपे, “जसले अप्ठ्यारोमा पर्दा मद्दत गर्नुपर्नेमा अझ घाँटी निचोर्ने काम गरेको छ । यस कुराबाट हामीले जोगिनु पर्छ । ऋण रिर्टन हुन्छ तरिका मिलायो भने रिटर्न हुन्छ । ऋणीलाई डुब्नुभन्दा पहिले उतार्नुपर्यो । उ डुब्दैछ भने त कसरी तिर्न सक्छ । कोहि पनि ऋण नतिरेर डुब्न चाहादैन । आफ्नो श्री सम्पति डुबाएर किन बस्न चाहान्छ । देशलाई नै असर गरेको हुन्छ । सन्तुलित र नियन्त्रित काम भएन भने विश्वलाई नै असर गरेको हुन्छ ।” यतिबेला बैंक तथा वित्तिय संस्थाहरु खराब कर्जा असुल नभएर तनावमा छन् । खराब कर्जा बढ्दा प्रोभिजनिकङ बढेर बैंकको आम्दानी नै ऋणात्मक बन्ने अवस्था बनिसकेको छ । तर देशका शक्तिशाली प्रधानमन्त्री भने बैंक तथा वित्तिय संस्थामाथी आक्रमण गर्नेहरुलाई बल मिल्नेगरी अभिव्यक्ति दिइरहेका छन् ।
यसो त उनले यो अभिव्यक्ति दिएको पहिलो पटक भने होइन । उनी सत्तामा रहँदा र नरहँदा पनि बैंक विरुद्ध आक्रामक भैरहेका छन् । उनले २०८० माघ १९ गते नेकपा (एमाले) निकट बैंक, बीमा र वित्तिय क्षेत्र कर्मचारी संघको महाधिवेशनमा बैंकरहरु मिटर ब्याजी भएको आरोप लगाएका थिए । यस्तै, २०८० भदौ २५ गते एमालेको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले बैंकहरुले धनिहरुलाई मात्रै ऋण दिने गरेको आरोप लगाएका थिए । यसैगरी, २०८० चैत ७ गते एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकको सिइओहरुको सेवा सुविधा धेरै भएकोले घटाउनु पर्ने बताएका थिए ।
सो कार्यक्रममा ओलीले भनेका छन् ‘सबैको सेलरी (तलब) लाउन खान बालबच्चा पाल्न पुग्ने हुनुपर्छ । पेशा विभिन्न हुन सक्दछ । कोहिको पेशाको आकाश छुने हुने कोहिको परिश्रमिक एकदमै कम हुने यस्तो हुनु हुँदैन । बैंकमा जीएम हुनेको २० लाख २५ लाख तनखा, किन दिने ? महिनाको २५ लाख गलत हो, नेपालमा जिविका चलाउन केहि गर्न पनि त्यति धेरै पैसा चाहिदैन । किन दिने अनि त्यहि कार्यालयले राखेको सूचिकार कुचिकारको चाहि न्युनतम सेलरी हुन्छ ।’
विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भए : अध्यक्ष ओली
बैंकहरूले अर्बपतिहरूलाई खोजीखोजी ऋण दिन्छन् तर गरिबलाई पत्याउँदैनन्ः केपी ओली
सिइओहरुको तलबमा नेता र कर्मचारीको नजर, राष्ट्र बैंकले घटाउँदैछ ?
प्रतिक्रिया दिनुहोस्