Shikhar Insurance
National Life

विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर बढी, १७ महिनाकाे आयात धान्ने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ७ महिनामा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको हो ।

चालुआवको ७ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माघमसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् ।

त्यस्तै, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले र अमेरिकी डलरमा ५.३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोडले बचतमा रहेको छ भने नेपाल सरकारको खर्च ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन ६४२ अर्ब ८५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्