काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरु नरहेको टिप्पणी गरेका छन् । सोमबार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए ।
उनले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताए । उनले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै विभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने जानकारी दिए । आफूहरु देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्