Shikhar Insurance
National Life

न्यायालयमा महिलाको उपस्थिति बढेको छ तर पर्याप्त छैन : न्यायाधीश मल्ल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छिन । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताइन् । उनले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको जानकारी दिइन् । उनले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको जानकारी दिइन । उनले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताइन् । न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताइन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्