Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको सीईओमा बीएन घर्ती नियुक्त

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एक दशकपछि बीएन घर्ती बैंकिङ क्षेत्रमा फर्किएका छन् । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो ।

११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए । घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । बेष्ट फाइनान्समा गैरआवासीय नेपाली कतारका आरके शर्मा,जापानका रोविन्द श्रेष्ठ गोविन्द सहित नेपाली व्यवसायीहरुको लगानी रहेको छ ।

पुस्तकमा विकास बैंक र फाइनान्स कम्पनी चलाउनुपर्ने भएपनि अहिलेको अवस्थामा चलाउन नसकिने निष्कर्ष निकालेका घर्तीलाई समस्याग्रस्तबाट माथि उठेको बेष्ट फाइनान्स चलाउने जिम्मा आएको हो ।

घर्तीको परामर्शमा नै समस्याग्रस्त घोषणा भएको बेष्ट फाइनान्स त्यसबाट हटेको थियो । उनले नेपाल फाइनान्स र सम्बृद्धि फाइनान्सलाई समेत समस्याग्रस्तबाट हटाउन परामर्शदाताको रुपमा काम गरेका थिए । व्यवस्थापनमा एमबीए गरेका घर्ती पछिल्लो समय पीएचडी समेत गर्दै छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्