काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रेहको १ हजार १ सय १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता मूल्य १ सय १६ रुपैयाँ तोकिएको छ ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, सोहि समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्