Shikhar Insurance
National Life

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँ: सांसद मिश्र

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २५, आईतवार १४:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरु आन्दोलनमा उत्रिने गरेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘देशभरका शिक्षकहरु आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरुको समस्यालाई समाधान गरौं । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन । तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरुलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन ।’

उनले फरक प्रसंगमा बोल्दै महिलाहरुको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्