काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल केसीलाई पुन: नियुक्त गरेको छ । बैंकको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा केसीलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको हो ।
केसीलाई आगामी २०८२ वैशाख ९ गतेसम्मका लागि नियुक्ति गरेको बैंकले जनाएको छ । साथै, २०८२ साल वैशाख १० गतेदेखि लागू हुने गरि क्रमश: बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी, नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्