Shikhar Insurance
National Life

भीम रावलले दिए संसद पदबाट राजीनामा

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । नेता रावलले शीर्ष नेताद्वय केपी शर्मा ओली र माधव नेपालबीच सहमति गर्न बनेको कार्यदलको सहमति कार्यान्वयनमा असहयोग भएको भन्दै राजीनामा दिएका हुन् ।

उनले आफ्नो बलमा सहमति गरेपनि नेतृत्वबाट स्वीकार नभएको र प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मतदान गर्नुपर्ने स्थिति आएकाले त्यसो नगर्ने भन्दै राजीनामा दिएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु,” रावलले भनेका छन् । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् ।

रावलले पुनःस्थापित प्रतिनिधिसभाको आजको वैठक अगावै सभामुखसमक्ष राजीनामा दिएका हुन् । ४ बजे बस्ने भनेको प्रतिनिधिसभाको वैठक अझै सुरू हुन सकेको छैन ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्