काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजा ज्ञानेन्द्रलाई चुनवी मैदानमा उत्रिन आग्रह गरेका छन् । राजतन्त्र पर्काउनु पर्ने भन्दै पुर्व राजा शाहले विभिन्न गतिविधि गर्न सुरु गरेपछि अध्यक्ष नेपालले शाहलाई चुनाव लड्न सुझाव दिएका हुन् ।
शनिबार एक कार्यक्रममा बोल्दै नेता नेपालले रगतको नाताको नाममा कुपुत्रहरुको शासन सम्भव नभएको बताए । उनले राजनिति गर्न मन भए चुनाव लडेर प्रधानमन्त्री बन्न पुर्व राजा शाहलाई आग्रह गरे । नेपाली जनताले अब वंशको शासन स्वीकार गर्न नसक्ने भन्दै गणतन्त्रको विकल्प नभएको जिकिर गरे ।
तर्तमान सरकारले जनतामा निरासा ल्याउदा समस्या बढेको नेता नेपालको भनाई छ । उनले भने, “देश लुट्न काङ्ग्रेस-एमालेले सरकार बनाएका हुन । संसदका ठूला दल मिलेर संसारमा कहि पनि सरकार बनाउँदैन ,त्यो तमासा पनि नेपालमै छ । यी दुई पार्टी देश बनाउन होइन, ‘काले-काले मिलेर भाले’ खान एक ठाँउमा आएका हुन । यीनले देशमा सुशासन र बिकास दिन सकिरहेका छैनन्, नागरिकमा व्यापक निराशा देखिन्छ ।”
प्रतिक्रिया दिनुहोस्