काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरु सोधेका प्रश्नहरुको जवाफ दिँदै उगले यस्तो दाबी गरेका हुन् ।
उनले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने दाबी गरे । उनले सडक दुर्घटना न्युनिकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरु गरिएको उल्लेख गरेका छन् । उनले भाडादर समेत स्वचालित हुनेगरी व्यवस्था गरिएको बताए ।
मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्