Skip to content
Shikhar Insurance
National Life

तपाईलाई नहटाउनु पर्ने कारण के हो ? भन्दै कुलमानलाई स्पष्टिकरण, यस्ता छन् मन्त्रिपरिषदका २१ निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । मन्त्रिपरिषदको फागुन २१ गते बसेको बैठकले नेपाल प्रहरी अतिरिक्त महानिरिक्षकमा जनक भट्टराईलाई नियुक्त गरेको छ । केहि दिनपछि सेवा निवृत्त हुन लागेका भट्टराईलाई बढुवा गरेको हो ।

मन्त्रिपरिषदले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि स्पष्टिकरण सोधेको छ । मन्त्रिपरिषदको बैठकको निर्णयको १० नम्बरमा भनिएको छ, ‘ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल | विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने? भनी सोही विनियमावलीको | विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिन भित्र सफाई पेश गर्न मौका दिने । सो प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्राचार गर्ने ।’

अब कुलमानले ३ दिन भित्र उर्जा मन्त्रालय मार्फत जवाफ पठाउनु पर्नेछ । यदि जवाफ चित्त नबुझेको खण्डमा सरकारले कुलमानलाई पदमुक्त गर्नेछ ।

यस्ता छन् २१ निर्णयहरु

GBIME

प्रतिक्रिया दिनुहोस्