Shikhar Insurance
National Life

नयाँ आर्थिक वर्षसँगै सेयर बजारमा उत्साह, नेप्सेमा ९७ अंकको सुधार, करिब १२ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा भव्य उत्साह छाएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको छ भने करिब १२ अर्ब रूपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १ सय ७४ कम्पनीको सेयर मुल्य बढ्दा परिसूचक उच्च सुधार आएको छ । आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढकेो छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार ८ कम्पनीको मात्र सेयर मूल्य बढेका छन् । एउटा कम्पनीको मूल्य घटबढ भएन ।

वर्षको पहिलो दिन २ सय २१ स्क्रिप्टका २ करोड ८८ कित्ता सेयर ११ अर्ब ६३ करोड रूपैयाँमा किनबेच भए ।

सेयर बजारमा आजदेखिको कारोबारमा अल्पकालीन लगानर्कर्ता ७.५ प्रतिशत पुँजीगत लाभ कर तिर्नुपर्ने भएको छ । तर, कारोबार सुरू भएदेखि नै हरियाली छाएको सेयर बजारको उत्साह अन्तैसम्म कायम रहेको हो ।

सेयर बजार बढेको दिन मन्जुश्री फाइनान्सको सबैभन्दा बढी ४० करोडको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोड रूपैयाँ बराबरका सेयर कारोबार भए ।

असार अन्त्य हुँदै गर्दा कारोबार रकममा भारी गिरावट आएर दैनिक ४ अर्ब रूपैयाँको सेयर किनबेच हुन थालेको थियो ।

आइतबारको सुधारले सेयर बजारमा नयाँ उत्साह थपेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्