काठमाडौं । राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।
राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाए ।
शुन्य समयमा सदस्यहरुले आफ्ना जिल्लामा अवरुद्ध विकास निर्माण तथा उद्योग व्यवसाय सुचारु गराउन सरकारको ध्यानाकर्षण राएका थिए ।
प्रतिक्रिया दिनुहोस्