काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास बिरोधीहरुलाई चिन्ने बेला आएको बताएका छन् । बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा।लि।’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले यस्तो बताका हुन् ।
उनले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास बिरोधी भएको बताए । उनले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको बिरोधमा स्थानीयहरु भन्दा अरु नै लागेको जानकारी दिए ।
उनले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताए । उनले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गरे ।
विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताए । मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको जानकारी दिए । उनले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताए । त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको जानकारी दिए ।
मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्