Shikhar Insurance
National Life

कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन् : मन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कोहीपनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए ।

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उनलाई पटक—पटक स्पष्टिकरण सोधिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्