Shikhar Insurance
National Life

वैदेशिक रोजगार मोबाइल एप अब आईफोनमा पनि उपलब्ध

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । वैदेशिक रोजगारीका विविध पाटोलाई समेटेर तयार गरिएको वैदेशिक रोजगारु मोबाइल एप अब आईफोनमा पनि उपलब्ध भएको छ । विदेशी भूमिमा रोजगारीका लागि जाने श्रमिकहरुलाई सूचना दिने उद्देश्यले तयार गरिएको वैदेशिक रोजगारु एप आइओएसमा पनि उपलब्ध भएको हो ।
साझा सबाल मिडियाले संचालन गरेको एप यस अघि एन्ड्रोइड फोनहरुमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरि संचालनमा ल्याइएको एप अब आईफोनमा पनि उपलब्ध हुने व्यवस्था गरिएको मिडियाका संचालक अनिल अधिकारीले जानकारी दिए ।

साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा २०७५ जेठ १९ गते शुभारम्भ गरिएको मोबाइल एप एन्ड्रोइड फोनहरुमा डेढ लाख भन्दा बढी डाउनलोड भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एपमा वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिनएपले महत्वपूर्ण भूमिका खेल्ने एपका संचालक अधिकारीले बताए ।

एपमा देशगत रुपमा आफूले मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचरहरु उपलब्ध रहेको अधिकारीले बताए ।

एपमा जोडिएको नयाँ फिचरमा वैदेशिक रोजगारमा जान चाहेकाहरु गुगल म्यापको सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा रहेको छ । त्यस्तैगरी कुन देशमा कुन(कुन पदमा के(के डिमाण्ड आएका छन् हेर्न सकिने, विदेशी कम्पनीहरु तथा नेपाल सरकारद्वारा इजाजत प्राप्त म्यानपावरलाई रेटीङ गर्न तथा रिभ्यु गर्न सकिने सुविधा पनि एपमा उपलब्ध छ ।

एपमा वैदेशिक रोजगार अन्तर्गत विदेशमा समस्यामा परेका नेपालीहरुले विभिन्न निकायमा निवेदन दिने नमुनाबारे जानकारी, वैदेशिक रोजगार वोर्डद्वारा जारी तालिम पाठ्यक्रमहरु, वैदेशिक रोजगार सम्बन्धि ऐनरकानुनबारे जानकारीहरु लगायत विभिन्न निकायहरुका सम्पर्क नम्बरहरु सहजै थाहा पाउन सकिने सुविधा रहेको छ । एपमा इजजात प्राप्त म्यानपावरका सम्पर्क जानकारीहरु, दुतावास, अभिमुखीकरण संस्थाहरु, मेडिकल संस्थाहरुबारे जानकारी र वैदेशिक रोजगार अन्तर्गत तालिम प्रदायक संस्थाहरुबारे जानकारी पाउन सकिन्छ । त्यस्तैगरी एपमा देशगत जानकारी, विभिन्न देशको भौगोलिक तथा कानुनी व्यवस्थाबारे जानकारी उपलब्ध छ ।

त्यस्तै वैदेशिक रोजगार अन्तर्गत डिमाण्डहरु पुर्वस्वीकृति प्राप्त छन् छैनन्, श्रम स्वीकृति भएको छ छैन भन्ने जानकारी समेत एप मार्फत जानकारी पाइन्छ । त्यस्तै एपमा विदेश पुगेका नेपालीहरुको लागि भाषा सम्बन्धि ज्ञान दिने उदेश्यले भाषा ज्ञान र रोजगारीमा जान चाहेकाहरुले बायोडाटा बनाउन खर्च गर्नु परेको कुरालाई ध्यानमा राखी आगामी फिचरको रुपमा एप प्रयोगकर्ताले एपमै आफ्नो बायोडाटा बनाउन सक्ने साथै सिधै डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने सुविधा आगामी साउनदेखि एपमा उपलब्ध गराइने एपका संचालक अधिकारीले बताए ।

साथै एपमा वैदेशिक रोजगारमा गएकाहरु नेपालको सूचनासँग जोडिरहुन भन्नको लागि एक दर्जन नेपाली रेडियो सुन्न सकिने फिचर समेत एपमा उपलब्ध छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्