काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.७० अंकले घटेर २८१८.४३ को बिन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५ सय १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ बढी संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ७३ रुपैयाँ रहेको छ ।
बिहीबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ एक कम्पनीको सेयर मूलयमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्