Shikhar Insurance
National Life

इजरायलको सेना प्रमुखमा याल जामिर नियुक्त, शत्रुहरुमाथि कठोर बन्ने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार ११:५०
Hyundai
NCELL
NIMB

इजरायलमा सेना प्रमुख फेरिएको छ । याल जामिरले बुधवार इजरायल रक्षा बलको २४ औं प्रमुखको रूपमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै इजरायलको बहु–मोर्चाको द्वन्द्व जारी रहने चेतावनी दिँदै र आफ्ना शत्रुहरूलाई ‘प्रचण्ड बल’ ले प्रहार गर्ने प्रतिवद्धता जनाएका छन् । ५९ वर्षीय जामिरले फेब्रुअरी १६ मा आफ्नो नियुक्तिको सरकारले अनुमोदन गरेपछि तेल अभिभको किरिया सैन्य अड्डामा कमाण्ड परिवर्तन समारोहमा आफ्नो नयाँ भुमिका ग्रहण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अक्टोबर ७, २०२३ मा हमास नेतृत्वको आक्रमणको क्रममा इजरायलीहरूको रक्षा गर्न असफल भएको स्वीकार गरेपछि जनवरीमा राजीनामा दिएका हर्जी हालेवीको उत्तराधिकारी बनेका हुन् । रक्षा मन्त्रालयका पूर्व महानिर्देशक जामिर १९८५ मा सेनामा सामेल भएका हुन् । एकै वर्षमा उनी ट्याङ्क कमाण्डर बनेका थिए ।

पछि दक्षिणी कमाण्डको कमाण्डर र उपप्रमुखको रूपमा उनले काम गरिसका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले उनलाई जिम्मेवारी दिएका हुन् । जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको भविष्य अनिश्चित रहेको बेला जमिरले संवेदनशील समयमा पदभार ग्रहण गरेका छन् ।

उत्तरी कब्जा गरिएको पश्चिम किनारमा जारी ठूलो मात्रामा सैन्य अभियान र इजरायलले आफ्नो कट्टर शत्रु मान्ने इरानसँग बढ्दो तनावको बीचमा हिंसा बढ्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्