काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनील संस्थापक सेयरधनीहरुको नाममा रहेको ८१ हजार ८ सय ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालय नक्सालमा आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानूजन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक् सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्