काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल बैंकिङमा भीपीएन (VPN) प्रयोग गरेर चलाउन नपाइने जनाएको छ । राष्ट्र बैंकले बुधबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन’ जारी गर्दै भीपीएन प्रयोग गरेर मोबाइल बैंकिङ चलाउन नपाइने जनाएको हो ।
त्यस्तै, राष्ट्र बैंकले प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न नपाइने जनाएको छ भने Domestic Card Scheme अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा नपुर्याउने जनाएको छ ।
राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनमा भनिएको छ, ‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका विभिन्न भुक्तानी कार्डहरूबाट नेपालमा नेपाली रुपैयाँमा गरिने कारोबारको फछ्र्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्ने छ । साथै, यस प्रयोजनार्थ अन्तर्राष्ट्रिय स्वीचहरूको लागि कुनै जमानत/बण्ड जारी गर्नुपर्ने भए नेपाली रुपैयाँमा जारी गर्नुपर्नेछ ।’
अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा DC-DR Drill गर्नुपर्ने, कुनै पनि प्रणालीको DC-DR Drill कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्ने र DC-DR Drill सम्पन्न भएको १५ दिनभित्र उक्त Drill को प्रतिवेदन यस बैंकमा पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्