Shikhar Insurance
National Life

एनआईसी एशिया क्यापिटलको अध्यक्ष बने बैंकर कपिल ढकाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २, शनिबार २०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा बैंकर कपिल ढकाल चयन भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १ गते बसेको ९२ औं बैठकले सोही दिनदेखि लागु हुने गरि एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल अध्यक्ष चयन गरेको हो । अध्यक्ष नियुक्त भएका बैंकर ढकाल चाटर्ड एकाउन्टेन्ट पनि हुन् ।

ढकालसँग ढोलाइटी इण्डिया(बिग४) र आईसीआईसी बैंक इण्डियामा काम गरेको अनुभव छ । ढकालले हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व सम्हालिसकेका छन् । ढकालले एनआईसी एशिया बंैकको बिजनेश प्रोसेस रिईञ्निियरिङ विभागबाट काम थालेर १२ वर्षको अनुभग बटुलिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढकाल हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको समेत अध्यक्ष छन् । कम्पनीले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु दिईरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्