Skip to content
Shikhar Insurance
National Life

टिम सेट गर्दै अर्थमन्त्री शर्मा, दुवै सचिव फेरिँदै, को को आउँदैछन् ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा नयाँ टिम सेट गर्ने तयारी थालेका छन् । मन्त्री शर्माले स्पिरिट मिल्ने टिम बनाउने भन्दै निकटहरुसँग नयाँ टिमबारे परामर्श थालेका हुन् ।

श्रोतका अनुसार मन्त्री शर्माले अर्थमन्त्रालयका दुबै सचिव फेर्नेबारे परामर्श गरेका छन् । अर्थ सचिव शिशिर कुमार ढुंगाना र राजश्व सचिव रामशरण पुडासैनीको ठाउँ अरु सचिव ल्याउने तयारी छ ।

अर्थ सचिव शिशिर कुमार ढुंगानाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई ल्याउने तयारी छ । त्यस्तै, राजश्व सचिव रामशरण पुडासैनीको ठाउँमा भने महालेखा नियन्त्रक कार्यालयका सचिव मधुकुमार मरासिनीलाई ल्याउने तयारी छ ।
लक्ष्मण अर्यालले पनि अर्थ सचिव बन्नका लागि लबिङ भने गरेका छन् । यस अघि ओली सरकारले राजश्व सचिव बन्न अफर गर्दा अर्यालले अर्थ सचिव नपाए अर्थ मन्त्रालय नजाने अडान कसेका थिए ।

त्यसो त मन्त्रालयका सहसचिवहरुको समेत जिम्मेवारी हेरफेरको तयारी छ । मन्त्रालय अन्तर्गतका आन्तरिक राजश्व विभागदेखि भन्सारसम्मका प्रमुखहरुको जिम्मेवारी हेरफेर हुने सम्भावना छ । ‘सबैले आफ्नो स्पिरिट अनुसार काम गर्ने टिम सेट गर्छन, प्रारम्भ मै कर्मचारी संयन्त्र चलायो भन्ने आरोप पनि आउन सक्छ, त्यसकारण सरकारले विश्वासको मत लिने विषय टुंगिने वित्तिकै जिम्मेवारी हेरफेर सक्छ’, श्रोतले भन्यो ।

अर्थमन्त्री जनार्दन शर्माले आफुसँग चाकडीको भाषा प्रयोग नगर्न मन्त्रालय सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिईसकेका छन् । उनले आफु काम गर्न आएकाले राम्रा काम कुनै नरोकिने र गलत मनसायका प्रस्ताव नल्याउन चेतावनी पनि दिईसकेका छन् ।

अर्थमन्त्री शर्मालाई उचित ठाउँमा उचित व्यक्तित्व छनौट गरेर जिम्मेवारी दिन सक्ने राजनीतिज्ञ मानिन्छ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख नियुक्त गरेर उनै शर्माले नेपाललाई १८ घण्टासम्मको लोडसेडिङको दुश्चक्रबाट मुक्त गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्